FAQs Complain Problems

कृषि मेला प्रदर्शनी सम्बन्धि सुचना

यस तुर्माखाँद गाउँपालिकाको आ.ब.२०७९।०८० को वार्षिक स्वीकृत कार्याक्रम अन्तर्गत कृषि विकास शाखा द्वारा संचालन गरिने कार्यक्रममा आधारित गाउँपालिका स्तरीय कृषि मेला प्रदर्शनी कार्यक्रम आयोजना गरिने भएको हुदा यस तुर्माखाँद गाउँपालिकाका वडा नं. १ देखि ८ वटै वडाका सम्पूर्ण कृषकहरुले आफूले उत्पादन गरेका कृषि उपजहरु प्रदर्शनी स्थलमा तपशिलको मिति, स्थान र समयमा ल्याई नगद पुरस्कार जिनु हुन अनुरोध गरिन्छ । प्रदर्शनीमा राखिने कृषि उपजहरु (बोट बिरुवाहरु ) नविग्रने तरिकाले (माटो सहित गमलामा राखि) ल्याउन पनि जानकारी गराईन्छ ।

प्रतियोगितामा समावेश गरिने कृषि उपजहरु निन्न प्रकारका हुनुपर्ने छ ।

१.खाध्यान्न वालीःबोट/वाला / घोगा सहित हुनुपर्ने ।

२. तरकारी वाली: वोट / फल सहित हुनुपर्ने ।

 ३.फलफूल बालीःफलको झुप्पा / हाँगा सहित हुनुपर्ने ।

४. मसला बाली: वोट/फल सहित हुनुपर्ने ।

५. दलहन तथा नगदे वाली बोट / हाँगा/ फल सहित हुनुपर्ने ।

६. विविध वाली च्याउ फलेको डल्ला / रेशम / मह फ्रेम सहितको चाका / अन्य

७. तेलहन बालीः बोट/फल सहित हुनुपर्ने

८.कृषि उपजहरु दर्ता गरीने   मिति: २०८० । ०२ । ०७ गते बिहान १०:०० बजे देखि दिउसो २:३० बजे सम्म ।

९.स्थानःतुर्माखाँद गाउँपालिका ४ नं. वडा कार्यालय प्राङ्गण ।

१०.उपजहरुको मूल्याङ्कन,पुरस्कार तथा प्रमाणपत्र वितरण

नोटः थप जानकारीका लागि सम्पर्क नं. ९८६५६३०३९८, ९८४८६४६६८७,९८६४६५४३३० ।

आर्थिक वर्ष: